निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैनः प्रधानमन्त्री दाहाल

निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैनः प्रधानमन्त्री दाहाल


नवलपरासी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गरेका छन् । लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान (एसेम्बेलिङ) उद्योगको आज शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताएका हुन् ।

पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्दै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिए ।

सरकार आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेकाले उक्त बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारीजन्य गतिविधिलाई मुख्य प्राथमिकता दिइने प्रधानमन्त्री दाहालले बताए । देशमा औद्योगिक वातावरण सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको दाबी गर्दै उनले देश विकासमा नयाँ गति सिर्जना गर्न देशको आर्थिक समृद्धि मुख्य विषय रहेको स्पष्ट पारे।