बैंकिङ्ग पहुँचको लागि तड्पिरहेको साईपाल र उदासीन राष्ट्र बैंक

बैंकिङ्ग पहुँचको लागि तड्पिरहेको साईपाल र उदासीन राष्ट्र बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । तर, बिना सम्भाव्यता अध्ययन गरिएको सो घोषणा उक्त वर्ष सफल हुन सकेन र यसको कार्यान्वयन अवधि थप गरियो । स्थानीय तहमा जाने ,ठुलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा बैंकका शाखा खुल्ने क्रम स्वत बढ्दै गयो र हाल  सोही घोषणा अनुरुप ७५२ वटा स्थानीय तहले  बैंकिङ्ग पहुँच प्राप्त गरे । अहिलेसम्म पनि साईपाल गाउँपालिकालाई भने बैंकिङ्ग पहुँचको अधिकारबाट पर बञ्चित गरिएकाे छ।

‘हामीले धेरै कोसिस गर्यौ तर पनि बैंकहरु आउन मान्नुभएको छैन ।’ तामाङ्ग भन्छिन्, ‘नेपाल राष्ट्र बैंकको टिम र एभरेष्ट बैंकको टिम पनि अस्ति मात्रै आएर स्थलगत अध्ययन गर्नुभयो तर उहाँहरुले पनि पालिकाको केन्द्रमा भने बैंकको शाखा राख्न हिचकिचाउनु भएको छ ।’ उनका अनुसार बैंकले सदरमुकाम नजिकै शाखा स्थापना गर्न चाहेको छ । 

योजना घोषणा भएको ७ वर्ष तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी भएको २३ वर्ष बितिसक्दासम्म यसले आत्मसाथ गरेको सबैमा वित्तीय पहुँच पुर्याउने मूल मर्म छायाँमा परेको छ। आफ्नै घोषणा शतप्रतिशत कार्यन्वयन गरी दुर्गम क्षेत्रको जनता सम्म बैंकिङ्ग सेवा पुर्याउन केन्द्रीय बैंक गम्भीर नभएको तथ्य बझाङ्गको साईपाल गाउँपालिकाले भोगेको समस्या प्रति उसको हलुका प्रस्तुतिबाट उजागर हुन्छ । देश विकाशील राष्ट्रको श्रेणीमा स्तरोनत्ति हुँदै गर्दा साईपाल गाउँपालिका एउटा यस्तो पालिका हो जहाँ हालसम्म पनि राज्यले एउटा बैंकको शाखा पुर्याउन सकेको छैन ।

साईपाल गाउँपालिका विकट हुनुमा राज्यको समानुपातिक विकास नीति उचित तरिकाले कार्यान्वयन नगर्नेहरूको दोष हो । सधैँ विकटतालाई  देखाएर राज्यले आफ्नो कमजोरी ढाकछोप गरी नागरिकहरूलाई बाध्यताको परिधिभित्र निरीह राख्नु गैर जिम्मेवारीको पराकाष्ठा हो। साईपाल गाउँपालिकाले बैंक नभएकै कारण सम्पर्क कार्यालय सदरमुकाममै राख्नुपर्ने बाध्यता रहिआएको पालिका उपाध्यक्ष डोल्मा तामाङ्गले जानकारी दिइन् । 

दुई दिन हिडेर बैंकिङ्ग सेवा लिँदै सेवाग्राही 

साईपाल गाउँपालिकाकी उपाध्यक्ष तामाङ्गकाअनुसार पालिकाबाट सदरमुकाम पुग्नका लागि २ दिनको समय छुट्याउनुपर्ने हुन्छ। बैंकिङ्ग कारोबार गर्नैका लागि जान आउन मात्र ४ दिन खर्चिनुपर्ने बाध्यता अझै छ। पछिल्लो चरणमा सबैजसो पालिकाले वृद्धाभत्ताहरु बैंकमार्फत नै दिन थालिसकेका छन् । तर, साईपालले भने बैंक नभएकै कारण जोखिम मोल्दै नगद बोक्दै घर घरमा गएर भत्ता बाँडिरहेको छ ।

‘हामीले धेरै कोसिस गर्यौ तर पनि बैंकहरु आउन मान्नुभएको छैन ।’ तामाङ्ग भन्छिन्, ‘नेपाल राष्ट्र बैंकको टिम र एभरेष्ट बैंकको टिम पनि अस्ति मात्रै आएर स्थलगत अध्ययन गर्नुभयो तर उहाँहरुले पनि पालिकाको केन्द्रमा भने बैंकको शाखा राख्न हिचकिचाउनु भएको छ ।’ उनका अनुसार बैंकले सदरमुकाम नजिकै शाखा स्थापना गर्न चाहेको छ । 

साईपाल गाउँपालिका विकट हुनुमा राज्यको समानुपातिक विकास नीति उचित तरिकाले कार्यान्वयन नगर्नेहरूको दोष हो । सधैँ विकटतालाई  देखाएर राज्यले आफ्नो कमजोरी ढाकछोप गरी नागरिकहरूलाई बाध्यताको परिधिभित्र निरीह राख्नु गैर जिम्मेवारीको पराकाष्ठा हो। साईपाल गाउँपालिकाले बैंक नभएकै कारण सम्पर्क कार्यालय सदरमुकाम मै राख्नुपर्ने बाध्यता रहि आएको पालिका उपाध्यक्ष डोल्मा तामाङ्गले जानकारी दिइन् । 

फाइदा नहुने कारण बैंक आउन नमानेको स्थानीय सरकारको बुझाइ 

साईपाल गाउँपालिकाले बैंक आफ्नो स्थानीय तहमा आउन नमान्नुको कारण बैंकलाई हुने नाफा कम हुनु रहेको उल्लेख गरेको छ । पालिका उपाध्यक्ष तामाङ्गले  बैंकलाई हुने फाइदामा कमी, बैंकमा सदस्य हुने संख्या थोरै, विकटको ठाउँ लगायत कारणले गर्दा बैंकहरुले शाखा स्थापना गर्न नचाहेको हुनसक्ने आफ्नो बुझाइ रहेको बताइन् । सरकार र राष्ट्र बैंकलाई बैंकको शाखा स्थापना गर्न पहल गर्दा गर्दै स्थानीय सरकार थाकिसकेको छ । ‘प्रधानमन्त्री कार्यलयदेखि राष्ट्र बैंकसम्म पहल गर्ने क्रममा तयार पारिएको फाइल एक दराज भइसकेको छ तर राज्यले यसमा ध्यान नदिनुको कारण के हो भनेर हामीले बुझ्नै सकेका छैनौं’ उनी भन्छिन् । 

हाल नेपालमा ३ वटा सरकारी बैंकहरु रहेका छन् । यो विषयमा सरकारी स्वामित्वमा रहेका सरकारी बैंकहरुले पनि खासै ध्यान नदिएको देखिन्छ । बैंकको शाखा नभएकै कारण सरकारी कामकाज नै रोकिने अवस्थामा पनि सरकार र नेपाल राष्ट्र बैंकले सरकारी बैंकहरुलाई साईपालसम्म पुग्न निर्देशन नदिएको देखिन्छ । सरकारी कामकाज रोकिने अवस्था आइसकेपछि नेपाल राष्ट्र बैंकले एउटा सरकारी बैंकलाई शाखा खोल्ने अनुमति दिनुपर्ने विज्ञहरुको बुझाइ छ। कुनै बैंक भने राष्ट्र बैंकले निर्देशन दिन्छ अनि शाखा स्थापना गरौंला भनेर बसेका छन् । तर केन्द्रीय बैंकले सरकारी बैंकहरुलाई भन्दा निजी बैंकलाई पटक पटक शाखा स्थापनाका लागि निर्देशन दिइरहेको छ । 

बैंकिङ्ग समाचारसँगको कुराकानीका क्रममा उनले साईपाल भन्दा पनि विकट विकट ठाउँमा आफ्नो शाखा रहेको बताउँदै साईपालमा शाखा स्थापना गर्न कुनै समस्या नरहेको बताएका छन् । ‘हाम्रो बैंकको शाखाको कुरा गर्ने हो भने साईपालभन्दा पनि विकट विकट ठाउँमा शाखा छन् । उनी भन्छन्,‘ एक / दुई वटा यस्तो शाखा छ जहाँ ६ महिना कारोबार हुन्छ ६ महिना बन्द हुन्छ ।’ 

राष्ट्र बैंकले निर्देशन दिने हो भने तत्काल शाखा स्थापना गर्न सकिन्छ 

सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकका एक उच्च पदस्थका कर्मचारीले भने नेपाल राष्ट्र बैंकले आफुहरुलाई साईपालमा शाखा स्थापना गर्न आदेश दिने हो भने आफुहरु शाखा स्थापना गर्न तयार रहेको बताएका छन् । बैंकिङ्ग समाचारसँगको कुराकानीका क्रममा उनले साईपाल भन्दा पनि विकट विकट ठाउँमा आफ्नो शाखा रहेको बताउँदै साईपालमा शाखा स्थापना गर्न कुनै समस्या नरहेको बताएका छन् । ‘हाम्रो बैंकको शाखाको कुरा गर्ने हो भने साईपाल भन्दा पनि विकट विकट ठाउँमा शाखा छन् । उनी भन्छन्,‘ एक र दुई वटा यस्तो शाखा छ जहाँ ६ महिना कारोबार हुन्छ ६ महिना बन्द हुन्छ ।’ 

के भन्छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलकाअनुसार साईपाल गाउँपालिका निकै विकट भएको कारण बैंकहरुले शाखा सञ्चालन गर्न केही ढिलाइ गरेका हुन् । उनले केन्द्रीय बैंकले साईपालमा शाखा स्थापनाका लागि एभरेष्ट बैंकलाई जिम्मा दिइसकेको बताए । उनले केन्द्रीय बैंकले पटक पटक बैंकलाई शाखा सञ्चालन गर्न आग्रह समेत गदै आएको बताए । उनकाअनुसार अबको केही समयमा नै एभरेष्ट बैंकको शाखा साईपालमा खुल्नेछ। ‘राष्ट्र बैंकको उदेश्य भनेको त त्यो गाउँपालिकाको सरकारी कामको लागि बैंकको शाखा खोल्नु हो’ उनले भने, ‘कहाँ खोल्ने भन्ने कुरा त राष्ट्र बैंकले भन्दापनि गाउँपालिका र बैंकको सहकार्यमा उपयुक्त ठाउँमा शाखा स्थापना गर्ने छ ।’