‘लघुवित्त संस्थालाई राष्ट्र बैंकले फण्डको व्यवस्था मिलाउनुपर्छ’ 

‘लघुवित्त संस्थालाई राष्ट्र बैंकले फण्डको व्यवस्था मिलाउनुपर्छ’ 


काठमाडौं – अहिले सरकारले जुन हिसाबले सहकारी, लघुवित्त र मिटरब्याज पीडितलाई एउटै विधामा राखेर समस्या समाधान गर्छौ भनेको छ त्यसलाई हेर्दा त सरकारले नै अझ भनौँ ठुला राजनीतिक दलका व्यक्तिले नै लघुवित्त बुझेका छैनन् भन्ने देखिन्छ। यसै विषयमा केन्द्रित रहेर हामीले अभियान लघुवित्त वित्तीय संस्थाका सीईओ तेजेन्द्र शर्मा लम्सालसँग के साँच्चै सरकारले लघुवित्त नबुझेको हो त ? लघुवित्तकर्मीहरूले लघुवित्त संस्थाको बारेमा बुझाउन नसकेको हो ? लगायत विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ उनै लम्सालसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंश :


वर्तमान अवस्थामा नेपालको लघुवित्त क्षेत्रको अवस्थालाई यहाँले कसरी हेरी रहनुभएको छ ?

सतहिरुपमा हेर्दा नेपालमा लघुवित्तका लागि अहिले अप्ठ्यारो स्थिति रहेको छ। अहिले यति अप्ठ्यारो स्थिति सृजना हुनु हुने  थिएन । आत्माआलोचना सहित भन्नु पर्छ हामी / लघुवित्त क्षेत्रका व्यक्तिहरूकै कमीकमजोरीकै कारण पनि लघुवित्त क्षेत्र अप्ठ्यारो स्थितिमा रहेको छ । 

लघुवित्त क्षेत्रमा देखिएको समस्या कसको गल्तीका कारण सिर्जना भएको हो ? यसको जिम्मेवार को– को छन् त ?
लघुवित्त क्षेत्रमा देखिएको हालको अवस्थाको जिम्मेवार एक जना व्यक्तिभन्दा पनि हामी सरोकारवाला निकाय सबै हाैँ । नियामक निकाय राष्ट्र बैंकले सुरुदेखि हालसम्म लघुवित्त क्षेत्रलाई संरक्षण गरेको छ । राष्ट्र बैंकले लघुवित्तलाई शुक्ष्म रुपमा नियालेकाे छ । बैंकले ग्राहकको सुविधा, बचतको संरक्षणलाई विशेष ध्यान दिएको छ । जुन लघुवित्त संरक्षणका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । अहिले पनि कर्जाका सीमा ७ लाख, एकल ग्राहक सीमा सर्कुलर गर्दा ग्राहकलाई समस्या परेको छ । जसले गर्दा सेवाग्राहीले  खुलेर पैसा पाउने अवस्था छैन । एउटा संस्थामा छ, भने अर्को संस्थाबाट पैसा लिन पाइरहेका छैनन्  । यस्ता समस्या समाधान गर्न सबै सरोकारवाला निकाय गम्भीर बन्नै पर्छ । 

पछिल्लो समय लघुवित्त पीडित बनाएको भन्दै आन्दोलन आन्दोलनहरू भइरहेका छन् यसलाई कसरी हेर्नुभएको छ ?
ऋण दिने लघुवित्तहरू विरुद्ध नै आन्दोलन हुनु  अनौठो गतिविधि हो । पछिल्लो समय प्रचारमा रहेको  लघुवित्त पीडित भन्ने भाष्य नै गलत छ । लघुवित्त पीडित कोही पनि छैनन् र हुन पनि सक्दैनन् । जसले ऋण लिएको हो, उसलाई पीडित भनिएको छ । अझै पनि  गाउँ–घरमा कुनै बैंकरवित्तीय संस्था नभएका ठाउँमा दुई / तीन घण्टा झोलामा पैसा बोकेर लघुवित्तकर्मी पुगेका छन् । दूर दराजमा महिलाहरूको समूह बनाएर, एउटा नागरिकताको फोटोकपीको आधारमा लघुवित्त पु¥याएर झोलामार्फत सेवा दिइरहेका छन् ।

यतिका ठुलो संख्यामा सडकमा उत्रिएर आन्दोलन भइरहँदा, तपाई कसरी भन्न सक्नुहुन्छ लघुवित्त पीडित शब्द नै गलत हो ? 
जसले ऋण  लिएको हुन्छ । ती व्यक्ति कसरी पीडित हुन्छन् रु नेपालमा लघुवित्तका सदस्यहरु ६० लाखको हाराहारीमा छन् । त्यसमध्ये २७ लाख बढी ऋण छन्, ७ लाखले बचत गरेका छन् । २७ लाखमध्ये १ प्रतिशतभन्दा पनि धेरै कम मान्छे पीडित भन्दै  आएका छन् । अहिले जो मान्छे लघुवित्त पीडित हौँ भने देखिएका छन् । त्यसमा पनि के देखिएको छ  भने अरु धेरै १४÷१५ जनाको पैसा चलाउने । पछिल्लो मन्दीको असरका कारण किस्ता तिर्न सकेनन् । जसले गर्दा उनीहरूलाई लघुवित्त पीडित भनेर आन्दोलन गर्न सजिलो ठानेर आएका छन् ।

सरकारले लघुवित्त, सहकारी र मिटरब्याज पीडितलाई एउटै विद्यामा राखेर हामी समस्या समाधान गर्छौ भनिरहेको छ । त्यसरी हेर्दा सरकार तथा  राजनीतिक दलका शीर्ष नेताहरूले नै लघुवित्त संस्थाको बारेमा नबुझेको जस्तो देखिन्छ । तपाईहरूले लघुवित्त संस्थाको बारेमा बुझाउन नसकेको हो ?
उहाँहरूलाई हामीले लघुवित्त संस्थाहरूका बारेमा बुझाउने होइन । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई दिएको निर्देशन पढ्दा पनि लघुवित्त संस्थाको बारेमा बुझिन्छ । बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत लघुवित्त संस्थाले के गर्छ भनेर हेर्दा पनि लघुवित्त संस्थाको बारेमा सजिलै बुझन सकिन्छ । विज्ञहरुपनि बंगलादेश जानुभएको  छ । नेपालमा लघुवित्तको ४० वर्ष पुरानो इतिहास हो । उहाँहरूले नबुझेको जस्तो  लाग्दैन । राजनीतिक दलहरूले भोटका लागि पनि लघुवित्तका सदस्यहरूको भावनासँग खेल्न पनि लघुवित्तलाई मिसाएको देखिन्छ । अहिले जसरी लघुवित्त विरुद्ध आन्दोलन भनेर मानिसहरू हिडिरहेका छन् ।  यहाँ साँच्चै तरल राजनीति हुँदैनथ्यो र राज्यको स्थायित्व हुन्थ्यो भने त्यस्ता मान्छेको लागि राज्य क्रूर बन्नुपर्थ्यो ।

तपाईहरूले अभियान ग्रुप भनेर पनि विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ । अभियान ग्रुप के हो र यसले कसरी कार्य गर्छ ? 
अभियान ग्रुपले विशेष गरी हाइड्रो पावरको क्षेत्रमा काम गर्छ भने पछिल्लो समय कृषि क्षेत्रमा पनि काम गर्दै आएको छ । सो ग्रुपमा राष्ट्र बैंकबाट सेवा निवृत्त उच्चपदस्थ कर्मचारी, बैंकर र विज्ञहरुको संलग्नता रहेको छ । हाल अभियान ग्रुपले सुपर मोदि ४४ मेगावाटको, लालुपाते हाइड्रोपावर ४९ मेगावाटको र अभियान पावर कम्पनी ८० मेगावाट र अभियान हाइड्रोपावर १८ मेगावाट लगानी गरेको छ । 

तपाईको विचारमा अब लघुवित्त संस्थाको लागि नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामहरू के के हुन् ?

नेपाल राष्ट्र बैंकले जे जस्तो नीति लिएको छ सबै ठिक छ । राष्ट्र बैंकको बचतकर्ताको बचत जोगाउने मुख्य काम हो । त्यसमा राष्ट्र बैंक पुरै लागिरहेको छ । तर लघुवित्त संस्थाले लिन पाउने ब्याज १५ प्रतिशत भनेर तोकिएको छ । यो १५ प्रतिशतको क्याप खोलिदिनुपर्दछ । राष्ट्र बैंकले लघुवित्त संस्थालाई फण्ड व्यवस्थापन गर्नुपर्छ ।