सानिमा बैंकको ४९ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सानिमा बैंकको ४९ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सानिमा बैंकले ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। सानिमाका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्रीमा ल्याएकाे हाे। यसमा सानिमाकै अन्य संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

आज (वैशाख ६ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएकाे छ।