काठमाडौं– तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि जेठ ७ गते फेरि १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ।केन्द्रीय बैंकले भोलि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक १० अर्ब रुपैयाँ खिच्ने लागेको हो।
यसका लागि भोलि दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया