काठमाडौं – दुई दशकदेखि नेपालको पुँजी बजार सुधारसँग जोडिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचनाको विषय फेरि चर्चामा आएको छ। वर्तमान सरकारले नेप्सेको स्वामित्व संरचना परिवर्तन गर्ने, निजी तथा रणनीतिक लगानीकर्ता भित्र्याउने लगायतका प्रस्तावसहित पुनर्संरचनाको प्रक्रिया अघि बढाउने तयारी गरेको थियो। तर, चुनाव सम्पन्न भएपछि उक्त प्रक्रिया अघि बढाउने जिम्मेवारी अहिले नयाँ सरकारको काँधमा पुगेको छ। …