काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.४६ अंकले घट्दा ५ कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि देखिएको छ। आज कारोबारमा आएका ३५३ कम्पनीहरु मध्ये पिखुवा खोला, याम्बालिङ हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
जसमा पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.३२ प्रतिशत, सोपान फर्मास्यूटिकल्सको ५.६६ प्रतिशत र एपोलो हाइड्रोपावरका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले कमाएका हुन्।
यससँगै, आज सबैभन्दा बढी ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, गाडियन माइक्रो लाइफ र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया