शेयर बजार निरन्तर ओरालो लाग्दा परिसूचक २६ सयमा झर्याे, कारोबार रकम ४ अर्बको आसपास


काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.१६ अंकले घटेर बजार २७ सयको बिन्दुबाट घटेर २६ सय ७४ दशमलव ४८ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३५३ कम्पनीको ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै १ करोड ४० हजार कित्ता शेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको शेयर १८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यससँगै, आज पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी भुगोल हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन्।