प्रि ओपन सेसनमा करिब ६ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६१ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ८६ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २७ हजार १२० कित्ता शेयर किनबेँच भएको छ।

त्यस्तै, कारोबारमा आएका ६५ कम्पनीको २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।