काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४५ अंकले घटेर २६ सय ६० दशमलव २ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३३८ कम्पनीको ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको शेयर १७ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यससँगै, आज ट्रक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी सोपान फर्मास्यूटिकल्सका गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया