बैंकिङ्ग समाचार, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण दिने सम्बन्धि सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहुलियत ऋण कोभिड विरुद्धको…