भारतमा छिट्टै भित्रिन सक्छ बिटक्वाइन

भारतमा छिट्टै भित्रिन सक्छ बिटक्वाइन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वका विभिन्न देशहरुले डिजिटल मुद्रालाई प्राथमिकता दिँदै आएका छन् । छिमेकी मुलुक चीनमा विटक्वाइन जस्तै ‘डिजिटल मुद्रा’ तयार हुँदैछ । चीनको केन्द्रीय बैंकले विकास गरेको डिजिटल मुद्रा (सीबीडीसी)ले राष्ट्रिय मुद्राकै रुपमा चलनमा आउनेछ ।

यसैक्रममा भारतले पनि भारतमा डिजिटल मुद्रा ल्याउने तयारी गरेको छ । यो रुपियाँ नै हुनेछ । रिजर्भ बैंकद्वारा नै जारी गरिनेछ । तर यो छापिएको नोटभन्दा फरक हुनेछ ।

हालै आरबीआईका डेपुटी गभर्नर टी रवि शंकरले विध सेन्टर फर लिगल पोलिसीको वेबिनारमा भारतलाई पनि डिजिटल मुद्राको आवश्यकता रहेको बताएका थिए । यसले बिटक्वाइन जस्ता निजी भर्चुअल मुद्रा अर्थात् क्रिप्टोकरेन्सीमा लगानीका कारण हुने नोक्सानीबाट बचाउनेछ । यो नगदको एक विद्युतीय रूप हो । 

जसरी हामी नगद लेनदेन गर्छौँ, डिजिटल मुद्रा पनि लेनदेन गर्न सकिनेछ । सीबीडिसी केहि हदसम्म क्रिप्टोकरेन्सी (बिटक्वाइन अथवा इथर) जस्तै काम गर्दछ । यसमा लेनदेन, कुनै मध्यस्थ वा बैंक बिना गरिन्छ । रिजर्भ बैंकबाट डिजिटल मुद्रा प्राप्त सकिनेछ । भुक्तानी वा ट्रान्सफर गरिन्छ । सम्बन्धित व्यक्तिकोमा पुग्नेछ ।