बंगलादेशको तिब्र आर्थिक प्रगतीबाट नेपालले के सिक्ने ?

बंगलादेशको तिब्र आर्थिक प्रगतीबाट नेपालले के सिक्ने ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
पछिल्लो समय बंगलादेशले आफुलाई आर्थिक उन्नती गर्ने बलियो देशको रुपमा उभ्याउन सफल भएको छ । बंगलादेशले भारतलाई समेत कोभिड विरुद्धका सामग्री उपलब्ध गराएको छ भने श्रीलंकालाई आर्थिक सहयोग गर्दै आएको छ ।

बंगलादेशले हालै श्रीलंकालाई २०० मिलियन डलर सहायता गर्न सम्झौता गरेको छ । आर्थिक र स्वास्थ्य संकट झेल्दै गरेको श्रीलंकालाई उक्त सहायताले ठूलो मद्दत पुग्ने अपेक्षा राखिएको छ । वैदेशिक ऋणबाट थिचिँदै गरेको श्रीलंकाको राजनीति पनि अस्थिरताका कारण समस्यामा गुज्रिँदै गएको छ । यस वर्ष मात्रै श्रीलंकाको वैदेशिक ऋण ३ दशमलब ७ बिलियन डलर पुगेको छ । यस्तो अवस्थामा बंगलादेशले दिने आर्थिक सहायताले श्रीलंकाको आर्थिक अवस्था उकासिने अपेक्षा गरिएको छ । गत मार्च महिनामा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेको बंगलादेश भ्रमणको क्रममा यस्तो सहायताबारे सहमति भएको थियो ।

२०१९ मा भएको चर्चमा बम हमलापछि र कोरोना महामारीसँगै श्रीलंकाको आर्थिक अवस्था गम्भीर समस्यामा फँसेको छ । जसको असर पर्यटन उद्योग र अन्य क्षेत्रमा पर्दै गएको छ । बंगलादेश भारतलाई कोरोनाको दोस्रो लहरविरुद्ध जुध्न राहत सहायता पठाउने ४० देशको समूहमा परेको छ ।

मे १८ मा बंगलादेशले विभिन्न २ हजार ६ सय ७२ बक्स एन्टि भाइरल ड्रग्स र कोभिड नियन्त्रक सामग्रीहरु भारतलाई हस्तान्तरण गरेको थियो । त्यसभन्दा अगाडी पनि मे ६ मा नै ढाकाले भारतलाई १० हजार भायल्स रेम्डेसिभिर पठाएको थियो ।

बंगलादेशले यस आर्थिक वर्ष ५ दशमलब ८ प्रतिशत जिडिपी बढाउने लक्ष्य लिएको छ । यही वर्षको अप्रिलमा अमेरिकन चेम्बर अफ कमर्सले ’यूएस बंगलादेश बिजनेश काउन्सिल’ स्थापना गरेको छ । जसमार्फत् अमेरिकी लगानीकर्ताको लगानी सम्भाव्यता अवलोकन र दुई देशको व्यापार बढाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले आफ्नो प्रतिद्वन्द्धी पाकिस्तानबाट यसको आर्थिक प्रगतिमा प्रशंसा समेत पाएको छ । पाकिस्तान कार्यक्रमका लागि विश्व बैंकका पूर्व सल्लाहकार अबिद हसनले भनेका छन् कि “पाकिस्तानका वर्तमान सरकार सहित हरेक सरकारले भीख माग्ने कचौरा लिएर विश्वभर गएका छन् । २०२० मा बंगलादेशको जिडिपी पाकिस्तानको भन्दा झण्डै दोब्बर होला भन्ने कुरा २० वर्षअघि सोच्न पनि सकिँदैनथ्यो । यहि रुपमा बंगलादेशले आफुलाई अगाडि बढाउँदै गएमा बंगलादेश २०३० मा आर्थिक रुपमा पावरहाउस बन्नसक्नेछ ।’
पाकिस्तानले यस्तै निराशाजनक अवस्थालाई जारी राख्यो भने अब २०३० मा हामीले बंगलादेशबाट आर्थिक सहायता खोज्ने सम्भावना बढेको छ ।

विकासोन्मुख देशहरुका लागि अनुसन्धान र सूचना प्रणाली (आरईएस) का प्राध्यापक प्रवीर डेका अनुसार बंगलादेशको आर्थिक उन्नतिको मुख्य कारण भनेको बंगलादेशले यूरोपेली संघको प्राथमिकता योजना (न्क्ए)कार्यक्रम र अन्य व्यापार प्राथमिकताहरूबाट लाभहरू लिन गर्न जारी राखेको छ ।

डे ले त बंगलादेशलाई पछिल्लो समय एसियाको रोयल बंगाल टाइगरको संज्ञा समेत दिएका छन् । उनका अनुसार बंगलादेशले ईयूको जिएसपी स्किमबाट नियमित रुपमा आर्थिक लाभ लिन सक्षम रह्यो । जसबाट ढाकाले प्रसस्त राजस्व कमाउन सफल बन्यो । यससँगै बंगलादेशले रेमिटेन्सबाट पनि राम्रो रकम कमाउने गरेको छ ।

बंगलादेशले आन्तरिक रुपमा रेमिटेन्स मात्रै २०० बिलियन डलर कमाउँछ । साथै २०२१ मा मात्रै बंगलादेशले विदेशी मुद्रा भण्डारबाट ४५ बिलियन डलर कमाएको छ । २०१० मा भने बंगलादेशले जम्मा ९ बिलियन डलर कमाएको थियो ।

बंगलादेशले हाल आसियानका ठूला देशहरूसँग व्यापार गरिरहेको छ । साथै बंगलादेशले आसियानका केही देशहरूसँग व्यापार सम्झौता गर्ने र कनेक्टिभिटी प्रोजेक्टमा सामेल हुने योजना अगाडी बढाएको छ ।  (‘द प्रिन्ट’को सहयोगमा)