नेपाललाई एडीबीको १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

नेपाललाई एडीबीको १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण दिने सम्बन्धि सम्झौता भएको छ । 

बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहुलियत ऋण कोभिड विरुद्धको खोप खरिदका लागि प्रयोग हुने बताइएको छ । १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल खोप कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने सरकारको अपेक्षा छ ।

उक्त कार्यक्रममा अर्थसचिव मरासिनीले यो सहायता ऋण आवश्यक हुने उल्लेख गरेका छन् । उनले नागरिकको जीवन रक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

यस्तै, एडिबीका कन्ट्री डाइरेक्टर कुस्वाले नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थान तर्फ अघि बढ्न यो ऋण सहयोगी हुने विश्वास व्यक्त गरे ।