नेपाल बैंकर्स संघद्वारा सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं - नेपाल बैंकर्स संघले भिजासँगको सहकार्यमा नेपालको बैंकिङ्ग क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङ्ग सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम, अनलाइन ठगी तथा डिजिटल फ्रडका घटनाहरू बढ्दै गएको सन्दर्भमा सो कार्यक्रम आयोजना गरेको संघले जनाएको हो ।…