साग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – साग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३ संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७४ हजार ३९० कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा आफुले खरिद गर्ने शेयर संस्था खुलाई आवेदन दिन सक्नेछन्।