खण्डीकृत जग्गाका कारण कृषि उत्पादनमा चुनौती : ढुण्डीराज लामिछाने

काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेले नेपालमा खेतीयोग्य जमिन खण्डीकृत हुँदै जाँदा कृषि उत्पादन र व्यावसायिक खेती विस्तारमा चुनौती थपिएको बताएका छन्। चौथो बैंकिङ्ग डिस्कोर्स २०२६ अन्तर्गत ‘कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ विषयक दोस्रो सत्रमा बोल्दै उनले नेपालमा ठूला कृषकको संख्या कम रहेको र जग्गा निरन्तर टुक्रिँदै गएको बताए।…