हिमालय बैंकको सञ्चालकमा वीरेन्द्र पौडेल नियुक्त


काठमाडौं – हिमालयन बैंकको सञ्चालक पदमा वीरेन्द्र पौडेल नियुक्त भएका छन्। बैंकको असार १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सो पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेललाई कर्मचारी संचयकोषको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्न सो पदमा नियुक्त गरेको बैंकले जनाएको छ । पौडेलको कार्यकाल यही असार २३ गतेदेखि लागू हुनेछ।