ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु


काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन्। नेपालको बैंकिङ्ग क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो।

प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन्। दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगीतामा १४ टोलीहरुको सहभागीता रहेको बैंकले जनाएको छ। जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ।

उक्त ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवसिय व्यवस्था रहेको छ। साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्ने छन्।

सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ्ग सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्ने छन्। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका सीईआ रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावित सेवाहरू र यस क्षेत्रमा देखापर्ने चुनौतीहरूको समाधान पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।