सरकारलाई नगदको समस्या भयो:अर्थमन्त्री

बैकिङ्ग समाचार । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको जानकारी गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायत्व धान्नका लागि रुपैयाँको समस्या परिरहेको जानकारी गराएका हुन्। 'अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ। यो भनेको चालु खर्च हो जुन सरकारले…