बैंक अफ काठमाण्डूको १७ हजार कित्ता शेयर बिक्रीमा

बैंक अफ काठमाण्डूको १७ हजार कित्ता शेयर बिक्रीमा


बैंकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९५० कित्ता संस्थापक शेयरहरू बिक्रीमा ल्याएको छ ।

बैंकका संस्थापक शेयरधनी दुगर्थानाथ न्यौपानेले आफ्नो नाममा रहेको शेयरमध्ये १६ हजार ९५० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले शेयर बिक्री खोलेको हो ।

यस शेयरमा बैंकका विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको कम्पनी सचिवको कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार बैंकले शेयरको बिक्री खोलेको हो ।

विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा पूरै बिक्री नभएको खण्डमा भने बैंकले सर्वसाधारण लगानीकर्तामा उक्त शेयर बिक्रीमा ल्याउनेछ ।