पिपुल्स पावर लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बन्यो बिक्री प्रवन्धक

पिपुल्स पावर लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बन्यो बिक्री प्रवन्धक


बैंकिङ्ग समाचार ।
पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ मंसिर ११गते बिहिबार सम्पन्न भयो । संझौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालकसन्तोषराज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशकश्री दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।
पिपुल्स पावर लिमिटेडले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिकप्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।