दराजमा सामान बिक्री गर्नेलाई नबिलको कर्जा

दराजमा सामान बिक्री गर्नेलाई नबिलको कर्जा


बैंकिङ्ग समाचार ।
अनलाइन बजार दराजमार्फत सामान बिक्री गर्ने साना उद्योगलाई नबिल बैंकले कर्जा दिने भएको छ । कम्पनीले नबिल बैंकको साझेदारीमा दराज सारथि कार्यक्रम औपचारिक रूपमा सुरु गरेको हो ।

यस साझेदारीअन्तर्गत दराज अनलाइन सपिङ बजारमार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायी (एसएमई)ले विभिन्न कर्जा सुविधाहरू उपयोग गर्न सक्ने जनाइएको छ ।

कोभिड–१९ महामारीका कारण आइपरेको आर्थिक संकटले प्रभावमा परेका एसएमईलाई सारथि प्रोग्रामद्वारा दराजमा सक्रिय एसएमई विक्रेतालाई यसले अघि बढ्न सहयोग पुग्ने जनाइएको छ ।