बैकिङ्ग समाचार । ज्योति विकास बैंकले साउन ९ गते शुक्रबारदेखि १३ औ वर्षमा प्रवेश गरेको छ । बैकले शुक्रबार स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता…