\’टिच फर नेपाल\’ लाई सानिमा बैंकको १० लाख सहयोग 

\’टिच फर नेपाल\’ लाई सानिमा बैंकको १० लाख सहयोग 


बैकिङ्ग समाचार ।
सानिमा बैंकले 'टिच फर नेपाल'लाई १० लाख रुपैयाँ सहयोग गरेको छ। शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हिसाबले बैंकले उक्त सहयोग गरेको हो।

नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले टिच फर नेपाल विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ।

टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन्।
साथै १० हजार भन्दा बढी विद्यार्थीहरुमा सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सानिमा बैंकले देशका सातवटै प्रदेशमा ७९ वटा शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।