स्वास्थ्य सुरक्षा मापदण्डसहित पूरै समय बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

स्वास्थ्य सुरक्षा मापदण्डसहित पूरै समय बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा मापदण्ड अपनाएर पूरै समय बैंक खोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले नेपाल सरकारले साउन ६ गतेबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेकाले बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा कारोबार संचालन गर्न निर्देशन दिएको हो ।

साथै राष्ट्र बैंकले सेवा प्रवाहमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क रहने कर्मचारीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अवलम्बन गर्न पनि निर्देशन दिएको छ ।केन्द्रीय बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा दुरी कायम हुने गरी लामवद्ध हुने व्यवस्था मिलाउन समेत भनेको ।

साथै केन्द्रिय बैंकले विद्युतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।