ज्याति विकास बैंक १३ औं वर्षमा प्रवेश 

ज्याति विकास बैंक १३ औं वर्षमा प्रवेश 


बैकिङ्ग समाचार । 
ज्योति विकास बैंकले साउन ९ गते शुक्रबारदेखि १३ औ वर्षमा प्रवेश गरेको छ । बैकले शुक्रबार स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ ।

हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती, संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराई र संस्थापक शेयरधनी हरि प्रसादको उपस्थिति थियो । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् ।

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।

बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ ।

कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।