बैंकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६” जारी गर्ने भएको छ । जसका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बैंकले प्रति युनिट एक हजार अंकित दरको २० लाख कित्ताले हुन आउने दुई अर्ब रकम बराबरको ऋणपत्र जारी गर्ने भएको हो…