बैंक अफ काठमाण्डूले ल्यायो कुशे औंसी र तीज लक्षित योजना

बैंक अफ काठमाण्डूले ल्यायो कुशे औंसी र तीज लक्षित योजना

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको बैंकले नगद फिर्ता दिनेछ । ग्राहकहरुले नगदफिर्ता योजनामा सहभागी हुनको लागि अनलाइन अडरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग (BOK Smart) मार्फत QR Code स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत eComm (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ ।

यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गतेदेखि २०७८ साल भदौ २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ । यस नगदफिर्ता योजनामा सहभागी पश्चात् प्रयोगकर्ता महानुभावहरुले कारोबार गर्नुभएको मूल्यको २५% वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गर्नुभएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहक महानुभावहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नुहुनेछ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।