कुमारी बैंकका कर्मचारी तथा ग्राहकका लागि “निःशुल्क एन्टिजेन टेष्ट क्याम्प” संचालन

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 कुमारी बैंक लिमिटेडले कोभिड–१९को संक्रमणसँग जुध्नका लागि “निःशुल्क एन्टिजेन टेष्ट क्याम्प” संचालन गरेको छ । बैंकले टंगाल स्थित बैंकको कर्पोरेट कार्यालयमा क्याम्प आयोजना गरेको हो ।  

क्याम्पमा बैंकका कर्मचारी तथा ग्राहकको निःशुल्क एन्टिजेन परिक्षण गरिएको थियो । उक्त क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेष्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ ।