विज्ञापन संघका सदस्यलाई मुक्तिनाथले बिना धितोमा १५ लाखसम्म ऋण दिने

विज्ञापन संघका सदस्यलाई मुक्तिनाथले बिना धितोमा १५ लाखसम्म ऋण दिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । 

आन र मुक्तिनाथ विकास बैंकबीच भएको सम्झौता अनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख सम्मको बिना धितो कर्जा प्रवाह गर्ने भएको हो । आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात  सय एजेन्सीहरू सम्बन्धित रहेर व्यवसाय गर्दै आएका छन् । 

सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा बैंकका सीईओ पोखरेलले आनसँगको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिवद्ध रहेको बताए ।

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताएका छन् । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताए । अध्यक्ष धितालले यो सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरूले पनि सहकार्य गर्न प्रेरित गर्ने बताए ।