बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं जिल्लामा सितापाइला, बालाजु चोक र अशनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ललितपुर जिल्लामा धोबीघाट र भैंसेपाटी तथा भक्तपुर जिल्लामा गठ्ठाघरमा नयाँ शाखाहरु संचालनमा ल्याइएको बैंकले जनाएको छ। त्यस्तै धादिङ जिल्लाको धादिङबेसीस्थित बिचबजारमा नयाँ शाखा सञ्चालनमा आएको छ।…