आजबाट वाणिज्य बैंकहरुले लागू गरे नयाँ ब्याजदर, कती पुग्यो मुद्धतीमा अधिकतम ब्याजदर ?

आजबाट वाणिज्य बैंकहरुले लागू गरे नयाँ ब्याजदर, कती पुग्यो मुद्धतीमा अधिकतम ब्याजदर ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
तरलता अभावलाई कम गर्न वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन् । लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न नेपाल बैंकर्स संघले बैंकलाई नै ब्याजदर निर्धारण गर्ने गरि निक्षेप संकलन गर्न छुट गरेको हो ।

शुक्रबार बसेको बैंकर्स एसोशियसनको बैठकले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको थियो । बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको तर प्रणालीमा लगातार तरलता दबाब बढ्दै गएका कारण ब्याजदर बढाएका हुन् ।

माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ । 

बैंकहरुले तरलता सङ्कट बढेसँगै निक्षेप सङ्कलनका लागि भन्दै कात्तिक र मंसिर महिनामा ब्याजदर बढाएर थिए । मंसिरका लागि बैंकहरुले १०.५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका थिए भने विकास बैंकले १०.५ प्रतिशत र फाइनान्सले १०.३५ प्रतिशत ब्याज तय गरेका थिए । अब फागुन महिनामा आएर नयाँ ब्याजदर कायम हुने भएको छ ।

नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । गत पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.४० प्रतिशत छ । गत असोजमा यस्तो दर ७.५३ प्रतिशत थियो । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस्तो दर १.२० प्रतिशत बिन्दुले बढेको देखिन्छ ।