बढाइएको ब्याजदर पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरमको आग्रह

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टर्स फोरमले बैंकहरुले बढाएको ब्याजदरलाई यथासिघ्र पुनरावलोकन गर्न आग्रह गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पूँजी बजारको दिगो विकासले मात्रै देशको अर्थतन्त्र, उद्योग कलकारखाना व्यापार विस्तार हुने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले तरलताको संकट देखाउदै एकतर्फी रुपमा सम्पूर्ण लगानीका क्षेत्रमा असर गर्ने गरी वृद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरम सम्बन्धित निकायसंघ अनुरोध गर्दछौं ।’

स्वदेशी पूँजी निर्माणको लागि पूँजीबजार निर्विकल्प आधार भएकोले यसको विकास र विस्तारको लागि सरोकारवालाहरुलाई गम्भिर हुन समेत फोरमले अनुरोध गरेको छ ।

\"May