सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । बैंकले सोमवार एक सुचना जारी गर्दै संस्थापक शेयरधनी खेम राज नेपालको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । 

शेयरको मूल्य प्रतिकित्ता रू. १४३ मा विक्री गर्न स्वीकृतीको लागि निवेदन परेको छ । सो शेयर खरीद गर्न यस कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुले यो सुचना प्रकाशित गरेको आजको मितीले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।