बैकिङ्ग समाचार । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट…