बैकिङ्ग समाचार ।
अर्थमन्त्री विष्णु पौडेलले चुरे संरक्षणका लागि चुरे क्षेत्रमा कुनै पनि उत्खनन्का काम नगर्ने बताएका छन् । चुरे क्षेत्रबाट माटो, ढुङ्गा, गिटी, वालुवा उत्खनन् गर्न नहुनेमा आफू प्रतिवद्ध रहेको उनले बताए ।
नेपाल आर्थिक पत्रकार संघले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको चुनौति विषयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रलाई हरावरा बनाउन र त्यसको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न बजेट विनियोजन भएको बताए । यस्तै जल पुनरभरणको कार्यक्रम अन्तर्रगत पोखरी निमार्ण गर्ने र चुरे क्षेत्रलाई हराभरा बनाउने कार्यक्रम बजेटले समावेश गरेको उनले बताए ।
अर्थमन्त्री पौडेलले चुरे संरक्षणमा प्रतविद्ध रहेको भन्दै यसमा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । तर, बजेट वक्तव्यवको बुदा नम्बार १९९ मा भने ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख छ ।
“वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने तथा निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योेगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु” अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा भनिएको छ । तर, अर्थमन्त्री पौडेलले भने चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउने दाबी गरे ।
प्रतिक्रिया