नबिल बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ 

नबिल बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
 उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

तोडफोडमा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।