शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमः वार्षिकोत्सवमा १४ हजार बढी बिरुवा बृक्षारोपण

शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमः वार्षिकोत्सवमा १४ हजार बढी बिरुवा बृक्षारोपण


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बिरुवा बृक्षरोपण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर) वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बोटविरुवा बृक्षरोपण गरेको हो ।

\"\"

वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैंकले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह, वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ ।

\"\"

जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकुल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवद्र्धनलाई बैंकले उच्च प्राथमिकता दिएर बैंकिङ्ग क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयाँ उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

बैंकका ब्राण्डिङ्ग तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैंकले बृक्षरोपण गरेको छ ।

\"\"बृक्षरोपणमा संघीय राजधानी काठमाडौंसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए ।

लुम्बिनीलाई केन्द्र बनाउंदै प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएको शाइन रेसुङ्गा बैंकले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो ।