बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुले आगामी महिना पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। बैकरहरुबीच असारमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमती भएको छ।
अहिले ब्याजदर बढाउँदा बैंकको लागत मात्रै बढ्ने र त्यसले कुनै फाइदा नगर्ने देखिएकोले असार पनि ब्याजदर यथावत राख्ने सहमति भएको हो। डिपोजिट नबढेपछि लागत मात्रै बढाएर कुनै फाइदा नहुने नेपाल बैंकर्स एशोशिएसनका सदस्यहरु बताउँछन । बैंकर्स एशोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले पनि आगामी महिना ब्याजदर बढाएर बैंकहरुको खर्च मात्रै बढ्ने जिकिर गरे ।
अहिले ब्याजदर बढाउने अवस्था नदेखिएकोले यथार्थ बस्ने कुरा भएको उनले बताए। बैंकहरुले गत फागुन यता नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन्। ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर नबढाउने पक्षमा देखिएका हुन्।
फागुनदेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।
बैंकहरुले विगतमा निक्षेपमा बढाएको ब्याजदरले गर्दा उनीहरुको लागत निकै बढेको छ। यसले गर्दा आधार दर बढेर दोहोरो अंक नजिक पुगिसकेको छ। यसको असर बैंकहरुको कर्जाको ब्याजदरमा देखिन्छ। अहिले बैंकहरुको कर्जाको औसत ब्याजदर नै ११.४३ प्रतिशत पुगेको छ।
बैंकको ब्याजदर बढ्दा किन घट्छ नेप्से ?
शेयर बजार र बैंकको ब्याजदरबीचको सम्बन्ध विपरीत हुन्छ । बैंक निक्षेपको ब्याजदर बढ्यो भने त्यसको असर सबैभन्दा छिटो शेयरबजारमा नै देखिन पुग्छ । त्यसैले ब्याजदर बढ्दा शेयरबजारमा कारोबारीहरू भने घट्न पुग्छन् ।
शेयरबजारमा संख्याको हिसाबमा सामान्य लगानीकर्ता बढी भएपनि बजारको समग्र दिशा भने ठूला लगानीकर्ताकै व्यवहारमा भर पर्ने पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेको छ । ठूला लगानीकर्ताहरू बजारमा क्यापिटल गेनका लागि बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर शेयरबजारमा लगानी गर्छन् । बैंकको ब्याजदर बढ्दा यिनीहरू ऋण तिर्ने ध्याउन्नमा लाग्छन् ।
अर्कोतर्फ बैंकले दिने मुद्दतीनिक्षेप र साधारण बचतको कारण लगानीकर्ता त्यता आकर्षित हुन्छन् । शेयरबजार घटिरहेको सन्दर्भमा बैंकको ब्याजबाट तनाब बिनै राम्रो प्रतिफल पाउन सक्ने भएकाले लगानीकर्ताको छनोटमा बैंक ब्याज समेत हुन्छ ।
यी दुई कारणले धितोपत्र बजारमा शेयर बिक्रीको चाप बढ्ने गर्छ । जसको असर कारोबारमा मात्रै नदेखिएर समग्र नेप्से सूचकमा नै देखिन पुग्छ । यसको उदाहरणको रुपमा बिहीबारको नेप्से कारोबार हेर्न सकिन्छ । बिहीबार नेप्सेमा ठूलो गिरावट आयो । पछिल्लो दुई दिन सस्तोमा आफ्ना शेयर बेच्न नचाहेका लगानीर्ताले आज शेयर मूल्यमा गिरावट आएपनि धमाधम शेयर बेचे । आजको कारोबार शैलीलाई विश्लेषकहरू 'प्लानिक सेल' भनिरहेका छन् ।
निरन्तर घट्दै गएको नेप्सेमा आत्तिएका लगानीकर्ता मुद्दतिमा ब्याजदर बढ्ने भएपछि बजार घट्ने र तुलनात्मक रुपमा बैंकमा नै लगानी सुरक्षित हुने आँकलनसहित भएको शेयर पनि बेच्न लागिपरेका हुन् ।
प्रतिक्रिया