७.३९% महंगीको मार खेप्दै उपत्यकावासी, फागुनयता बढेको बढ्यै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन महिनायता लगातार सात प्रतिशतभन्दा धेरैले मूल्यवृद्धि भइरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुनयता वार्षिक मूल्यवृद्धि सात प्रतिशतमाथि छ।  वैशाखमा मूल्य वृद्धि ७.८७ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले चालु आवमा वार्षिक मूल्यवृद्धि औसतमा ६.५ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ। हालसम्म चालु आवको वार्षिक औसत मूल्यवृद्धि भने ५.८४ प्रतिशत छ। 

वैशाखमा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत घ्यु र तेलमा सबैभन्दा धेरै २४.८७ प्रतिशतले वृद्धि भएको हो। फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ र अण्डामा ११.३० प्रतिशत, दाल, गेडागुडीमा १०.५३ र सुर्तीजन्यमा ९.७० प्रतिशतको मूल्य वृद्धि छ। 

साथै, गैर–खाद्य र सेवा समूह अन्तर्गत यातायातमा २१.८१ प्रतिशत, शिक्षामा ११.६४ प्रतिशत र मनोरञ्जन तथा संस्कृति समूहका वस्तु तथा सेवामा ८.२१ प्रतिशतको मूल्य वृद्धि छ।  काठमाडौं उपत्यकाका बासिन्दाले ७.३९ प्रतिशत महंगीको मार खेपिरहँदा, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत महंगी बढेको छ।