इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सहमतीः १००ः९० को स्वाप रेसियो, चुक्ता पुँजी ३२ अर्ब ८० करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच आज शुक्रबार मर्जर सम्झौता सम्पन्न भएको छ। शुक्रबारको शेयर कारोबार बन्द भएपछि दुई बैंकबीच आज नै मर्जर सम्झौता हुन भएको हो। मेगा बैंकका एक संचालकले दुवै बैंकबीच आज शुक्रबार बेलुका मर्जर सम्झौता सम्पन्न भएको पुष्टि गरेका छन्। उनका अनुसार मर्जर पछि बन्ने बैंकको नाम, बैंकको अध्यक्ष , बैंकको सीइओ र प्रारम्भिक स्वाप पनि तय भईसकेको छ ।

सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । 

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। 

बैंकको व्यवस्थापकीय नेतृत्व नेपाल इन्भेष्टमेन्टका वर्तमान सीइओ ज्योतिप्रकाश पाण्डेले गर्नेछन्। हाल मेगा बैंककी कामु सीइओ रवीना देशराज जोशी भने मर्जरपछि बैंकको डी-सीइओ हुनेछिन्। नयाँ बैंकको 'कोर सिस्टम' इन्भेष्टमेन्ट बैंकको हुने छ। बैंकले औपचारिक मर्जर सम्झौता गर्नुअघि नै कर्मचारी ब्यवस्थापनको काम थालिसकेको छ।

नेपाल राष्ट्र बैंकलाई मर्जर बारे जानकारी गराइसकिएको छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति माग्न आएको साता/ १० दिनमै स्वीकृति दिने आश्वासन पनि दिएको छ। त्यसपछि बैंकले सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) गराउने छन्। डीडीए आएलगत्तै विशेस साधारणसभा डाक्ने तयारी छ। भदौ/असोजभित्र मर्जरको सबै काम सकेर एकिकृत कारोबार गर्ने योजना छ।  

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख सेयरधनीमा राष्ट्रिय बीमा कम्पनी छ। कम्पनीको १२.१५ प्रतिशत सेययर छ। महालक्ष्मी इन्भेष्टमेन्ट दोस्रो ठूलो लगानीकर्ता हो। कम्पनीको ७.१५ प्रतिशत सेयर छ। छाया इन्भेष्टमेन्टको ६.६५, कुप इन्भेष्टमेन्टको ६.३३, सोफिया इन्भेष्टमेनंटको ६.०१ र नागरिक लगानी कोषको २.६३ प्रतिशत सेयर हिस्सा छ।

मेगा बैंकमा सबैभन्दा ठूलो सेयर हिस्सा रहेको नागिरक लगानी कोषको कुल सेयर ०.८ प्रतिशत मात्र छ। यसपछि वुटवलका ब्यापारी बालकृष्ण भुसालको ०.७७, रेसु अग्रवाल ०.६३ र शान्ताकुमारी कडेलको ०.५७ प्रतिशत सेयर छ। संयुक्त कारोबारअघि बन्ने सञ्चालक समितिमा तीन जना इन्भेष्टमेन्ट बैंक र अर्को तीन जना मेगा बैंकको तर्फबाट सञ्चालक हुने छन्। स्वतन्त्र सञ्चालक इन्भेष्टमेन्ट बैंक पक्षले छान्ने छ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ। त्यस्तै, मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ९० रुपैयाँमा मेगा बैंकलाई किन्न लागेको हो। 

हिमालयन बैंकसँगको मर्जर तोडिएपछि नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई एक बर्षभित्र अर्को बाणिज्य बैंकसँग मर्जर गर्न निर्देशन दिएको थियो। त्यतिन्जेलसम्म आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का राखेको छ। लाभांश वितरण पनि गर्न पाइँदैन। यस्तोमा इन्भेष्टमेन्टले मेगा बैंकलाई रोजेको हो। जबकी मेगा र प्रभु बैंकबीच मर्जर सहमति अन्तिम/अन्तिम पुगेको थियो। प्रभुसँग बराबरी हैसियतमा मर्जर गर्ने सहमति नजिक पुगेका बेला मेगा बैंक इन्भेष्टमेन्ट बैंकसँग जोडिएको हो।

मेगा बैंकसँग मर्जरपछि इन्भेष्टमेन्ट बैंकलाई शाखा सञ्जाल र ऋणको पोर्टफोलियोबाट फाइदा हुने छ। बैंकले सबै शाखा सञ्चालन गर्ने छ। मेगा बैंकको गण्डकी प्रदेशमा बलियो उपस्थिति छ। टुरिज्जम र गण्डकी विकास बैंकलाई गाभेपछि मेगा बैंकले पछिल्लो तीन बर्षमा ठूलो छलाङ मारेको हो। इन्भेष्टमेन्ट बैंकले पनि योबिचमा मर्जर त गर्‍यो तर, साना फाइनान्सहरुलाई। कर सहुलियतका लागि बैंकले फाइनान्सलाई गाभेको थियो।