बैंकिङ्ग समाचार, काठमाडौं ।
लामो समयपछि अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच प्रत्यक्ष भेटघाट भएको छ । यसअघि सार्वजिनक कार्यक्रममा मात्रै सँगै देखिएका अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच लामो समयपछि सँगै बसेर छलफल भएको हो ।
गभर्नर अधिकारीले बुधबार बिहान अर्थमन्त्रालय नै पुगेर अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन र मौद्रिक नीतिको विषयमा छलफल भएको छ ।
अर्थमन्त्री शर्मासँग अधिकारीले बजेट कार्यान्वयनका लागि सघाउने प्रतिवद्धता गरेको छन् भने मौद्रिक नीतिका लागि पनि सुझाव माग गरेको बुझिएको छ ।सरकारलाई गभर्नर अधिकारीलाई निलम्बन गरेर सर्वोच्च अदालतले उनलाई पुर्नबहाली गरेपछि शर्मा र अधिकारीको यो पहिलो भेटवार्ता हो ।
प्रतिक्रिया