बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ बिकास बैंकले जनचेतना फैलाउने उदेश्यले सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।
आमा छोराको अभिनयमा निर्मित उक्त भिडियोमा बैंकिङ्ग सम्बन्धी नजानेका थुप्रै विषयहरु आमालाई छोराले सिकाएको देखिन्छ । सानामा आमाले हिड्न, बोल्न सिकाएकोमा छोराले पनि ठुलो भईसकेपछि आमालाई डिजिटल बैंकिङ्ग सिकाउने विषयलाई देखाईएको छ ।
डिजिटल युगमा पुगेका बैंक तथा वित्तिय संस्थाहरुले यतीबेला तिब्र रुपमा आफ्ना डिजिटल सेवाहरु ग्राहकहरुलाई प्रदान गरिरहेका छन । पढेलेखेका ले त सजिलै सेवा लिन सक्लान तर वृद्ध–वृद्धा र सामान्य पढेका व्यक्तीहरुको लागि डिजिटल बैंकिङ्ग सोचेभन्दा पनि गाह्रो हुने हुनाले यस्तो भिडियो ल्याइएको बैंकले जनाएको छ ।
बैंकमा खाता र हातमा स्मार्टफोन हुँदा पनि स–सानो कामको लागि बैंकमै धाउनु नपर्ने र सामान्य भुक्तानीकै लागि लामो लाइनमा बस्नु नपर्ने भिडियोको मुख्य सन्देश हो ।
प्रतिक्रिया