बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंकका सञ्चालकबीच पछिल्लो छलफल भएसँगै मर्जरमा जाने सहमति जुटेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग गर्न लागेको मर्जरको सहमति भाडिएको इन्भेष्टमेन्ट नयाँ बैंकको खोजीमा थियो ।
मर्जर प्रक्रियामा काम गरिरहेको स्रोतले जानकारी दियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० अनुपातमा मर्जरमा जान लागेका हुन् ।
मर्जरपछि बन्ने संस्था इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट सञ्चालन गर्ने तथा बैंकको सञ्चालक समितिको अध्यक्ष अहिलेका इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने तथा प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गतवर्ष बैशाखमा मर्जरमा जाने सहमति गरेका थिए । तर,हिमालयन बैंकको साधारणसभाले मर्जरमा जाने प्रस्ताव विशेष साधारणसभाबाट अस्वीकृत गरेको थियो ।
अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ । यस्तै एकवर्षपछि कारोबार खुलेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भने नकारात्मक सर्किट लागेर घट्दो क्रममा छ । नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य ३०७ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।
चुक्ता पुँजीको आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ ।
प्रतिक्रिया