नयाँ पुस्ताले सफ्टवेयर उत्पादन गरेर पनि वस्तु निर्यात गर्न सक्नेछनः अर्थसचिव मरासिनी

नयाँ पुस्ताले सफ्टवेयर उत्पादन गरेर पनि वस्तु निर्यात गर्न सक्नेछनः अर्थसचिव मरासिनी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अर्थसचिव मधु मरासिनी आयात दिगो बनाउन आन्तरिक कच्चा पदार्थमा आधारित उद्योगलाई नगद अनुदान दिन खोजेका र नयाँ पुस्ताले सफ्टवेयर उत्पादन गरेर निर्यात गर्न सक्ने सम्भावना रहेको बताएका छन । यसमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उनले बताएका छन । 

बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले आयोजना गरेको कार्यक्रममा गत आर्थिक वर्षमा राष्ट्रिय ग्रीडमा ४६० मेगावाटको विद्युत थप हुँदा समेत ५.८४ प्रतिशतले आर्थिक वृद्धि भएको बताए । उनले आगामी आर्थिक वर्षमा प्रणालीमा ७५० मेगावाट विद्युत थप हुने र त्यसले ५५ खर्बको जीडीपी निर्माण हुने दाबी गरे ।

‘आर्थिक अनुसानभित्र रहेर बजेट निर्माण गरेको छौं । बजेट अर्थ राजनीतिक दस्तावेज हो, त्यसैले बजेटमा सपना हुन्छ,’ मरासिनीले भने, ‘अमेरिकी राष्ट्रपतिले चन्द्रमामा जाने सपना नदेखेको भए आज मानिस चन्द्रमा पुग्ने थिएन । त्यसैले बजेटले निजी क्षेत्रलाई विश्वासमा लिँदै आर्थिक विकास गर्ने लक्ष्य लिइएको हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउन निजी क्षेत्रलाई किन नदिने,’ मरासिनीले भने, ‘त्रिशुलीमा आर्क बृज निजी क्षेत्रले किन नबनाउने ?’ स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई संरक्षण दिनुपर्छ भन्ने नीति सरकारले लिएको मरासिनीको भनाइ छ ।

भारतसँगको सिमावर्ती क्षेत्रको १०० किलोमीटर रेन्जमा मात्रै सिमेन्ट निर्यात गर्न सक्दा पनि स्वदेशी उद्योगलाई लाभ हुन्छ भनेर सरकारले नगद अनुदान दिने नीति लिएको मरासिनीले बताए । ‘हामीले आयात दिगो बनाउन आन्तरिक कच्चापदार्थमा आधारित उद्योगलाई नगद अनुदान दिन खोजेका हौं,’ मरासिनीले भने, ‘नयाँ पुस्ताले सफ्टवेयर उत्पादन गरेर निर्यात गर्न सक्ने सम्भावना छ त्यसैले उहाँहरूलाई पनि सहयोग गर्न खोजेका हौं ? ।’

रूस र युक्रेन बीचको युद्धले खाद्य सुरक्षा महत्त्वपूर्ण भएको सन्देश दिएको मसासिनीको भनाइ छ। ‘हामीले कृषि क्षेत्रमा धेरै बजेट विनियोजन गरेका हौं,’ उनले भने, ‘किसानको सामान समेत सरकारले किन्ने गरी नीति वनाएको छौं ।’ उनले असार मसान्तसम्म सबै नीति बनाइसक्ने र साउन १ गतेबाट बजेटले लिएका योजना कार्यान्वयन जाने बताए । ‘जसरी पनि आन्तरिक उत्पादन बढ्नु पर्छ भन्ने हाम्रो सोच हो,’ मरासिनीले भने।