विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक: ऋणपत्र किन्नुस्, सरकारलाई ऋण दिनुस्

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक: ऋणपत्र किन्नुस्, सरकारलाई ऋण दिनुस्

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
सरकारलाई आन्तरिक ऋण प्रदान गर्न नेपाल राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८४ च’ बिक्री गर्ने भएको छ।
१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र ६ वर्षे अवधिको हो। विकास ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिन्छ।

उक्त ऋणपत्र खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि बोलकबोल प्रस्ताव पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
असार ८ गते ३ बजे विकास ऋणपत्रको बोलकबोल हुनेछ। अनलाइन प्रणालीमार्फत नै बोलकबोल प्रस्ताव पेश गर्नुपर्ने छ। २०८४ असार ९ गते यसको साँवा रकम भुक्तानी हुनेछ। लगानी गर्नेले अर्धवार्षिक रुपमा व्याजदर प्राप्त गर्दछन्।

बोलकबोलका क्रममा थोरैदेखि धेरै ब्याजदर क्रममा मिलाएर बाँडफाँड हुनेछ। कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग जाने अंकमा आवेदन दिनुपर्नेछ।

व्यक्तिका हकमा ‘अर्नेस्ट मनी’ जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्रको प्रतिलिपी साथमा लिई राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गई अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ।

अस्वीकृत भएको रकम बाँडफाँड भएको ७ दिनभित्र विना ब्याज फिर्ता हुनेछ। यस्तो ऋणपत्रको दोस्रो बजारमार्फत पनि खरिदबिक्री हुने छ। यस्तो ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर ऋण पनि लिन पाइन्छ।