अ‍ैंचो पैंचो सहकारीको साधारणसभा सम्पन्न, १२.५ प्रतिशत लाभांश प्रस्ताव पारित 

अ‍ैंचो पैंचो सहकारीको साधारणसभा सम्पन्न, १२.५ प्रतिशत लाभांश प्रस्ताव पारित 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि. को ३५औं वार्षिक उत्सव तथा ३०औं वार्षिक साधारण सभाको कार्यक्रम सम्पन्न भएको छ । 
\"\"
संस्थाका अध्यक्ष दयाराम प्रजापतिको सभापतित्व तथा राष्ट्रिय सहकारी बैक लिं का अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यतामा कालिमाटी वैंकेट कालिमाटीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका सदस्यहरु, जेष्ठ नागरिक सदस्य, उत्कृष्ट बचतकर्ता सदस्य, उत्कृष्ट ऋणी सदस्य र एस.ई.ई.बाल बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि के.वी. उप्रेतीले हालको अवस्थामा सहकारीहरुमा विभिन्न किसिमका समस्या उत्पन्न हुँदा सम्स्या  समाधानका लागि सञ्चालकले विशेष पहल गर्नुपर्ने र यस्तो नभए  सञ्चालकबाट क्षेतीपुर्ति समेत दिनुपर्ने बताए । उनले यस्ता समस्याहरुबाट सबै सचेत हुनुपर्ने जानकारी दिए । 

उक्त कार्यक्रममा पुर्व प्रमुख डिभिजन सहकारी केशव थापा, का.म.न.पा. १३ का वडा सदस्य रामबाबु कोईराला र साको कलेजका अध्यक्ष लक्ष्मी प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । सो साधारणसभामा शेयर लभांश कोषबाट शेयर सदस्यहरुलाई १२.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।