वैदेशिक रोजगारीः रेमिटेन्ससँगै शव बुझ्दै नेपाली 

वैदेशिक रोजगारीः रेमिटेन्ससँगै शव बुझ्दै नेपाली 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौँ । 
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दो छ । गत आर्थिक वर्षमा मात्रै हेर्ने हो भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३ सय २७ रहेको छ । यसरी विदेशिने युवाहरुले वार्षिक अर्बौँ रेमिटेन्स पठाउँछन् । 

पछिल्ला पाँच आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/२०८१ को हालसम्म नेपालमा कुल ४७  खर्ब ६३ अर्ब रेमिटेन्स भित्रिएको छ । रेमिटेन्स आउनु राम्रो हो तर यो बाहेक वैदेशिक रोजगारीको अवस्था निकै भयावह छ । पछिल्ला ५ वर्षमा भित्र्याएको ४७ खर्ब रेमिटेन्सको बदलामा ५ हजार ३ सय ३६ जनाको शव भित्रियो । 
यो पनि 

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार सोही अवधिमा १ हजार ३ सय ३६ जनाको अङ्गभङ्ग भयो । तर बोर्डको यो सङ्ख्या यकिन भने होइन । बोर्डले विदेशमा अङ्गभङ्ग भई आर्थिक सहायता लिनेहरूको मात्रै तथ्याङ्क राख्दै आएको छ । बोर्डबाट आर्थिक सहायता नपाउने अङ्गभङ्ग हुनेहरूको सङ्ख्या अझ ठुलो छ । पछिल्ला ५ आर्थिक वर्षमा नेपालमा रेमिटेन्सको अवस्था  हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्रिएको छ । 
यो पनि 

रेमिटेन्ससँग ज्यान साटिदै 

आर्थिक वर्ष २०७६/०७७ मा ८ खर्ब ७५ अर्ब रेमिटेन्स भित्रिएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ९ खर्ब ८६ अर्ब रेमिटेन्स आएको छ भने आर्थिक वर्ष २०७८/२०७९ मा ९ खर्ब ७ अर्ब भित्रिएको छ । आर्थिक वर्ष २०७९/२०८० मा ११खर्ब १३ अर्ब रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैङ्कको तथ्यांक अनुसार चाल् आर्थिक वर्ष ०८०/८१ को पहिले महिनामा १ अर्ब बढी रेमिटेन्स भित्रिएको छ  । 
यो पनि 

वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित हुन नसक्दा रेमिटेन्सको बदलामा नेपालले ठुलो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ ।  पछिल्ला ५ वर्षको अवधिमा रोजगारीमा गएकामध्ये ५ हजार ३ सय ३६ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म आइपुग्दा  ५ हजार ३ सय ३६ जना नेपालीले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले बताएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा मात्रै विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या १२ सय ८ रहेको छ  । 

अवैध रुपमा विदेशिएर मृत्यु हुने वा बेपत्ता हुनेको तथ्यांक त सरकारसँग छैन । विदेशी भूमिमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराएको छ । 

बोर्डको तथ्याङ्कमा अङ्गभङ्ग भएका १ हजार ३ सय ३६ जना छन् । आर्थिक वर्ष २०७५/०७६मा ३ सय ५४ जना अङ्गभङ्ग भएर फर्किएका छन् । आर्थिक वर्ष २०७६/०७७ २ सय ५ जना अङ्गभङ्ग भए । आर्थिक वर्ष २०७७/०७८ मा १सय ४३ जना अङ्गभङ्ग भएका छन् । आर्थिक वर्ष २०७८/०७९मा २ सय ४५ अङ्गभङ्ग भएर फर्किए  ०७९/०८० मा विदेशी भूमिमा ३ सय ८९ जना अङ्गभङ्ग भएर फर्किएको बोर्डको तथ्याङ्कमा छ । 

यो पनि