कौटिल्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ८औँ वार्षिक साधारणसभा सम्पन्न 

कौटिल्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ८औँ वार्षिक साधारणसभा सम्पन्न 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, बुटवल ।  
कौटिल्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र राज ज्ञवालीको प्रमुख अतिथ्याता रहेको थियो भने कार्यक्रम संयोजन संस्थाका उपाध्यक्ष वेग प्रसाद पाण्डेले गरेका थिए । यस्तै विशिष्ट अतिथिको रुपमा बुटवल उपमहानगरपालिकाका कानुन अधिकृत ध्रुब भट्टराईको उपस्थिती थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव चेत नारायण गौतमले गरेका थिए । 
\"\"
साधारणसभामा संस्थाको कोषाध्यक्षको भुमिकामा रहेका शुरेश पन्थीले प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै संस्थाका सदस्य अशोक ज्ञवालीले प्रस्तुत गरेको लेखा सुपरिवेक्षणको प्रतिवेदन अध्यक्ष भट्टराईले पारित गरेका थिए । 
\"\"
रूपन्देहीको बुटवलस्थित सहकारीको साधारणसभामा जेष्ठ नागरिक सम्मान काशिनाथ पाण्डे, एसएलसीमा सर्वोउत्कृष्ट नतिजा प्राप्त गर्ने  रिसब भट्टराई सन्तती सम्मान र सुनौलो बाल बचतको अधिक वाल बचतकर्ता अनुज्ञा ज्ञवाली, वर्ष सदस्य विजय घिमिरे लगायत संस्थाका सम्पूर्ण महिला शेयर सदस्यहरुलाई नारी सम्मान पुरस्कारसहित सम्मानित गरिएको थियो । यसका सथै कार्यक्रममा बेलुन ब्लास्ट, चित्रकला, चम्चा रेस लगायतका वालवालिकालाई हुने मनोरञ्जनात्मक खेलहरु पनि खेलाइएको थियो । 

\"\"

करिब १ सय १० जना शेयर सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तिज नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

\"\"